जापानीज इन्सेफलाइटिसको जोखिम: ५५ दिनमा ९ जनाको मृत्यु, सबैभन्दा बढी असर कोशी प्रदेशमा
Dilip Kumar Yadav
PSC 7th level officier
Featured image for "Japanese Encephalitis Outbreak"
पछिल्लो ५५ दिनको अवधिमा देशभर जापानीज इन्सेफलाइटिसका कारण ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागको असार र साउन महिनाको तथ्यांक अनुसार देशभर ४६ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ज्यान गुमाउने र संक्रमित हुनेमध्ये अधिकांशले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप नलगाएको पाइएको छ।
उपलब्ध तथ्यांक अनुसार जापानीज इन्सेफलाइटिसबाट सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ।
जापानीज इन्सेफलाइटिस भाइरसका कारण हुने एक कडा संक्रामक रोग हो। यो रोग 'क्युलेक्स' (Culex) जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ।
जापानीज इन्सेफलाइटिसबाट बच्ने प्रमुख सुरक्षात्मक उपाय खोप नै हो। यसका साथै लामखुट्टेको टोकाइबाट बच्न निम्न उपायहरू अपनाउनुपर्छ:
Slug:
japanese-encephalitis-outbreak
जापानीज इन्सेफलाइटिसको जोखिम: ५५ दिनमा ९ जनाको मृत्यु, सबैभन्दा बढी असर कोशी प्रदेशमा